काठमाडाै । राजधानीको चाबहिल स्थित के.एल टावरमा ‘बिग सेल’ नाम दिइएको ‘सेल मेला’ सुरु भएको छ । नेपालकै ठूला सेल मेला मध्य एक मानिएको यस बिग सेलमेलामा ४५ वटा भन्दा बढी पसलहरू सहभागी छन् । तीन हजार भन्दा बढी सामानहरू लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागी लत्ताकपडा तथा खेलौना डिस्प्लेमा राखिएको छ । सामानमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।
शक्रबार बाट सुरु भएको मेला झण्डै एक महिना सम्म चल्नेछ । यस मेला अवधिभर रु.एक हजार वा सो भन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपन मार्फत ग्राहकले हरेक दिन जित्नु सक्न हुनेछ रु.१००० बराबरको फ्रि सपिङ्ग भौचर मुभि टिकट लगाएत आकर्षक उपहार त्यस्तै हरेक साता अमेरिकन टुरिस्टर् को लगेज ब्याग, फ्रि लञ्च कुपन र बम्पर उपहारमा लक्की ड्र मार्फत एक जनालाई ू टि.भि.एस जुपिटर क्लासीकू स्कुटर प्रधान गरिने छ । साथै रु.पाँच हजार भन्दा माथिको सामान खरिद गर्दा हात खाली नजाने उपहार दुईवटा एफ क्यूब सिनेमाको टिकट सीतैमा उपलब्ध गराउने जनाइएको छ ।
यस योजनामा मेला अवधिभर के.एल टावरमा आउने ग्राहकहरुको मनोरञ्जनको लागी विभिन्न खाल्का कार्यक्रमहरू पनि राखिएको छ । जस अन्र्तगत फ्रि फेस पेन्टिङ, फेसन शो, म्यूजिकल इभेन्ट, बीबाइङ, हिपहप लगायत कार्यक्रमहरू समाबेस् गरिने जनाइएको छ ।
हाल के.एल टावरमा ५० वटा भन्दा बढी पसलहरू छन् । मोबाइल हब, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, लाउञ्ज, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।
Comment