काठमाडाैँ । डिबेट नेटवर्क नेपाल र जेडियर एकेडेमीको सहआयोजनामा महासंग्राम २०१८ ( अन्तराष्ट्रिय बहस च्याम्पियनशिप साउन २५ -२८ गते सम्म )जेडियर एकेडेमी, काठमाडौँमा संचालन हुनेभएको छ। नेपाल युवा बहसकलर्तालाई नेपालमै अन्तराष्ट्रियस्तरको प्रतियोगिताको अनुभव प्रदान गर्ने मुख्य उद्देश्यका साथ आयोजना भइरहेको चौथौँ संस्करणको संस्करणको महासंग्राम बेलायती संसदीय शैलीमा संचालन हुनेछ भनेयस प्रतियोगितामा ६० राष्ट्रिय तथा अन्तराष्ट्रिय टोलीले मुख्य तीन विधामा प्रतिस्पर्र्धा गर्ने छन्।
बेलायरती संसदीय शैली अन्तर्गत हरेक बहसमा ४ ओटा टोली दिइएको प्र्रसतावको पक्ष र विपक्षमा आफ्ना केस प्रस्तुत गर्दछन् । परम्परागत शैलीको वादविवादलाई चिर्दैै डिबेट नेटवर्क नेपालले यस लगायत अन्य विभिन्न आधुनिक पद्दतिका बहसहरु विगत ५ वर्ष देखि गर्दै आएको छ।
यस प्रतियोगितामा कुल ५ प्रारम्भिक चरणको बहस हुनेछन् । त्यसबाट छानिएका उत्कृष्ट १६ टोली ओपन विधाको अन्तिम १६ का लागि छनोटमा पर्ने छन् । त्यस पछि अन्तिम ८, ४ हुदै १ विजेताको घोषण हुने छ । त्यसैगरि नयाँ टोली मध्येका उत्कृष्ट ६ टोली नोभिस विधामा छनोट हुनेछन्र र नोभिस प्रिफाइनल र फाइनल गरि विजेताको घोषण हुनेछ भने नेपाली भाषा तर्पmको विधामा उत्कृष्ट ४ टोली सिधै फाइनलमा पुग्ने छन्र र त्यसबाट विजेताको टुंगो लाग्नेछ ।
यस प्रतियोगिताका मुख्य निणायक प्यानलका सदस्य बंगलादेशका आकिब फरहान हुसेनले‘ महासंग्राम २०१८ को लागि म निकै उत्साहित छु, नेपलको बहस मुभमेन्टमा योगदान प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
महासंग्राम २०१७ मा ओपन तर्फमा टिम अगेरियस योगी, स्कुल तर्पmको विधामा रातो बंगला स्कुल र नेपाली विधामा सेन्ट जेभियर्स स्कुल विजेता भएका थिए ।
२२ श्रावण २०७५, मंगलवार १६:४४
Comment