रिचार्जर एप्सको शुन्य प्रतिशत ब्याजदरमा मोबाईल अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिचार्जर एप्सको शुन्य प्रतिशत ब्याजदरमा मोबाईल अफर



काठमाडौँ। ग्लोबलकी टेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्यप्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ ।
रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछिअफ्रिकको सबै भन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो ।
रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखकादिन २३ वर्षीय साहसीयुवकनर्बिन मगरले फहराउने भएका छन् ।
मोबाईल र मुल्य अनुसार किस्ता बन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँ देखि माथि जति पनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ता बन्दीमा खरिद गर्न सक्छन् ।
योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्नमोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशतव् याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।
ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनु पर्ने हुन्छ । यो योजनाहाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ ।
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथा एप्पलएप स्टोरमा गरी १ लाख भन्दा बढी डाउनलोड भैसकेको छ । विश्वका ७ हादेशका उच्च हिमशिखरहरुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिनाभित्रमा रिचार्जरलाई विश्व भरीका प्रयोग कर्ता सम्म पुर्याउने लक्ष्य अनुरुप काम भैरहेको छ ।

ग्लोबलकी टेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जर डाउनलोड गर्न तल काे  लिइन्क

https://play.google.com/store/apps/details?id=com.reecharger&hl=en

https://itunes.apple.com/np/app/reecharger/id1125224725?mt=8

प्रकाशित : १६ श्रावण २०७५, बुधबार १४:०२