काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आर्इपीओ बाँडफाँड भएको छ । गोलाप्रथाबाट १ लाख १०० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएकोमा ४६ हजार २८९ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीले साउन १ गतेदेखि खुलाएको आइपीओमा साउन ६ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो । कुल ११ लाख कित्ता आइपीओमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५५ हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिसकिएको छ ।
Comment