तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बंैकको शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बंैकको शाखा



काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका– २ बसन्तपुरमा राष्ट्रिय वाणिज्य बंैकको शाखा स्थापना भएको छ । उक्त शाखा बैंक सञ्चालक समितिकका सदस्य रवीन्द्रलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस क्रममा श्रेष्ठले बैंकले सरकारी नीतिलाई सघाउ पुग्ने गरी अगाडि बढिरहेको बताउनुभयो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र व्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकाले बंैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गरि स्थानीय व्यापारलाई अगाडि बढाउन सघाउ पुर्याउने बताउनुभयो । सो समारोहमा नायब महाप्रवन्धक उद्धबप्रसाद खनाल, बैंकको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र कट्टेललगायतको उपस्थिति रहेको थियो । बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ । चालू आवको तेस्रो त्रैयमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

प्रकाशित : १७ असार २०७५, आईतवार १८:०९