ग्लोबल आइएमईद्धारा विद्यालयलाई ५ थान नयाँ कम्प्यूटर सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमईद्धारा विद्यालयलाई ५ थान नयाँ कम्प्यूटर सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले काभ्रे जिल्लाको मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले शनिबार एक कार्यक्रमका बिच बैंकले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको हो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, सांसद एंव पूर्व स्वास्थ्य तथा वातावरण राज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य एव्म वरिष्ठ पत्रकार तथा विश्लेषक श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंक लि. कि सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिती रहेको थियो ।

२०७२ सालको भुकम्पबाट अति प्रभावित बनेको काभ्रे जिल्लाको श्री मंगल जन विजय माध्यमिक विद्यालयले भुकम्प अगाडि आफ्ना विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि शिक्षा प्रदान गर्दै आइरहेकोमा भुकम्पले गर्दा उक्त विद्यालयका सम्पूर्ण कम्प्युटरहरु क्षति भएका कारण विद्यालयले कम्प्युटर शिक्षा प्रदान गर्नबाट बञ्चित भएको थियो ।

प्रकाशित : १७ असार २०७५, आईतवार ०८:०९