काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएकाे छ । बैकले लाभांश दिन लागेकाेले असार १८ गते देखि दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएकाे छ । । बैंकले ५ दशमलव ५० प्रतिशत बोनस शेयर र ६ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिन लगेकाेले असार १८ देखि ३२ गते सम्म दर्ता किताब बन्द हुन लागेको हो ।
बैंकको बिक्री प्रबन्धक एनएमबि क्याटिल लिमिटेड, नागपोखरी १ नक्सालमा रहेको छ ।
हाल २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले बोनस शेयर पश्चात २ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
Comment