काठमाडौ । सरकारले वैदेशिक रोजगारका क्रममा कामदारहरुलाई समस्यामा परेका र नियमित नभएका झण्डै २ सयवटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने १९७ कम्पनीको इजाजतपत्र खारेज गरेको हो । वैदेशिक रोजगारका क्रममा समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जनाएको छ ।
यस्तै, वैदेशिक रोजगार विभागले नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका ६४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको छ । मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का ६४ कम्पनीलाई कालो सूचीमा राखिएको हो ।
विभागका अनुसार कालो सूचीमा पर्नेमध्ये मलेसियाका मलेसियाका ५२ वटा कम्पनी रहेका छन् । यस्तै साउदी अरब पाँचवटा, युएईका चारवटा र कतारका तीन गरी ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ ।
Comment