निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो



काठमाडाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुने गरी पेट्रोलमा प्रति लिटर ३ तथा डिजेल र मट्टीतेलमा २-२ रुपैयाँ घटाएको हो ।

भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य घटेको निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२ रुपैयाँ क्याम भएको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

प्रकाशित : ४ असार २०७५, सोमबार ११:२२