नेप्सेमा झिनो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा झिनो अंकको गिरावट



काठमाडौँ। मंगलबार नेप्से झिनो अंकको गिरावट आएर बन्द भएको छ  । आज नेप्से १ दशमलव ९३ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स,इन्स्योरेन्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएक छन्। आज कारोबारमा आएको १६०कम्पनीको ९ लाख ४७ हजार ३ सय ९३ कित्त सेयर बाट २९ करोड ९० लाख ९३ हजार ५ सय ७९ रुपैयाको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह १४ दशमलव ५९अंकले ओरालो लागेको छ । आज बैँक समुह २ दशमलव ९ अंकले,जलविधुत समुह २ दशमलव २५ अंकले, लघुवित्त समुह १ दशमलव १६ अंकले र विकास बैँक समुह ० दशमलव ४७ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुह ५दशमलव १२ अंकले उकालो लागेको छ। आज फाइनान्स समुह २ दशमलव १५ अंकले र इन्स्योरेन्स समुह १ दशमलव ५९ अंकले उकलो लागेको छ ।

प्रकाशित : २९ जेष्ठ २०७५, मंगलवार १५:२०