सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १० बराबर ३.५ को अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले सय रुपैयाँ अंकित मुल्यमा २२ लाख ४४ हजार ९७३ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

निष्कासन खुल्ला मिति असार १७ गते देखि साउन २० गते सम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट, सेन्टल फाइनान्स लिमिटेड शाखा कार्यलयहरु कुपण्डोल, ललितपुर र चावहिलबाट, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखाबाट तथा कामना सेवा विकास बैंक लिमिटेड ज्ञानेश्वरबाट पनि आवेदन दिन सकिनेछ ।

५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ इन्स्योरेन्सको गत आवको मुनाफाबाट २० प्रतिशत बोनस वितरण पश्चात चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ पुगेको छ । उक्त पुँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २९ जेष्ठ २०७५, मंगलवार १२:००