एनआईसी एशिया बैंकले फेरि ल्यायो १२ प्रतिशत व्याजदरको निक्षेप योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकले फेरि ल्यायो १२ प्रतिशत व्याजदरको निक्षेप योजना



काठमाडाै । एनआईसी एसिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।

धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने छ ।

यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकहरुमाझ अत्यन्त लोकप्रिय भएको थियो ।

निजी क्षेत्रका बैंकहरुमध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलनगर्न सफल तथा कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको बैंकले धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित भएर पुनः यो योजना ल्याएको जनाएको छ ।

यस पटक पनि यस योजनाबाट बढिभन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकमहरुले लाभ उठाउने विश्वास बैंकले लिएको छ ।

हालसम्ममा २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबै भन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भैसकेकोे एनआईसी एशिया बैंक समग्रमा१४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठुलो बैंक हुन समेत सफल भइसकेको छ ।

प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १२:१०