ग्लोबल आइएमई बैंककाे २ शाखारहित बैंकिङ्ग सेवा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंककाे २ शाखारहित बैंकिङ्ग सेवा शुरु



काठमाडौं । ग्लोबल आइएमई बैंकल बुधबारदेखि मकवानपुर जिल्लाको थाहा नगरपालिका – ९, चित्लाङ्गमा ८८ औँ र मिति २०७५ ज्येष्ठ २४ गते बिहिबार देखि सोही जिल्लाकै मकवानपुरगढी गाँउपालिका – ५, धादिङ्ग बजारमा ८९ औँ शाखारहित बैकिङ्ग सेवा शुरु गरेको छ ।

चित्लाङ्गमा खोलिएको ८८ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गर्नुभयो र स्थानिय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

धादिङ्ग बजारमा खोलिएको ८९ औँ सेवाकोे सेवाको उद्घाटन मकवानपुरगढी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपबहादुर घिमिरेले गरे । स्थानिय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २५ जेष्ठ २०७५, शुक्रबार ११:१५