जनता बैंकको अगुवाइमा माथिल्लो दरौंदीमा अर्ब बढीको लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको अगुवाइमा माथिल्लो दरौंदीमा अर्ब बढीको लगानी



काठमाडौं  । कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रा। लि. ले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजना जनता बैंक नेपाल लि. को नेतृत्व र थप दुईबैंक कुमारी बैंक लि. र सेञ्चुरी कमर्सियल बैँक लि. को सहभागितामा रु १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैंकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् । आयोजनाको निर्माण लागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने छन् ।

माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी ए को टेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँधी १४।९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइन २ वटा को माध्यमले विद्युत उत्पादन गरे पछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ ।

परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिने बताइएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७५, शुक्रबार ०८:५४