सूर्या लाइफले १६.८० प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाइफले १६.८० प्रतिशत बोनस सेयर दिने



काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बोनस सेयर दिने भएकाे छ । इन्स्योरेन्सले  १६.८० प्रतिशतको दरले बोनस सेयर वितरणको घोषणा गरेको छ ।

कम्पनीको जेठ २२ गते बसेको  बैठकले आर्थिक ववर्ष ०७३/७४ को नाफाबाट हाल कायम ७२ करोड १८ लाख ७५ हजार चुक्तापूँजीको १६.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ६३ लाख ८२ हजार ८ सय ९५ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि घोषित बोनस सेयर सेयरधनीले पाउनेछन् ।

यस्तै, २०७४ भदौ २७ गतेको कम्पनीको नवौं वार्षिक साधारणसभाबाट पारित चुक्तापूँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्ने प्रक्रियामा रहेकोले हकप्रद सेयरका आवेदकहरुले समेत बोनस पाउने र त्यसपछि माथि उल्लेखित बोनस सेयरको प्रतिशत समायोजन भई १२ प्रतिशत हुने बताइएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७५, बुधबार १२:१६