संसार रेमिट र सिद्धार्थ बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

संसार रेमिट र सिद्धार्थ बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडाै । संसार रेमिट प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा संसार रेमिटको तर्फबाट अध्यक्ष चन्द्र कान्त आचार्य र सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले हस्ताक्षर गरे।

सम्झौतापछि संसार रेमिट मार्फत कोरिया, जापान, युरोप लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका ७००० भन्दा बढी भुक्तानी केन्द्र तथा सिद्धार्थ बैंक को १ सय १२ शाखाहरुबाट सजिलै भुक्तानी लिन साथै कोरियाको रुपी सेन्ड मार्फत सजिलै सिद्धार्थ बैंकको खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।

सम्झौतापछि अध्यक्ष चन्द्र कान्त आचार्यले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउने तथा ग्राहकका चाहना अनुसारको बैंकिंग सेवा उपलब्ध गराउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए ।

संसार रेमिटले जापान, कोरिया, युरोप लगायत विश्वका विभिन्न मुलुकहरु बाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ ।

प्रकाशित : २२ जेष्ठ २०७५, मंगलवार १७:१५