करोडौंको बेटिङ  धन्दा चलाउने दुई सय रुपैयाँ जरिवाना भराएर छुटे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

करोडौंको बेटिङ  धन्दा चलाउने दुई सय रुपैयाँ जरिवाना भराएर छुटे



काठमाडाैँ । करोडौंको बेटिङ  धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेकाहरुलाई जिल्ला अदालतले दुई सय रुपैयाँ जरिवाना भराएर रिहा गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यही जेठ १५ गते अन्तराष्ट्रिय खेलकुदमा बेटिङ अनलाइन जुवा खेलाउने धन्दा चलाएको आरोपमा फुटबलर अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

 

उनीहरुविरुद्ध प्रहरीले पक्राउ गरेको ५ दिनमै जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको थियो । तर मुद्दा दर्ता भएको दिन सोमबार नै ती करौडौसँग खेल्ने सट्टेबाजीहरुलाई दुई/दुई सय रुपैयाँ जरिवाना भराएर छोडिएको छ ।

गिरोहका नाइके गौरव तिवारी, उनका सहयोगी भुपेन्द्र कुँवर, पूर्व राष्ट्रिय फुटबलर अञ्जन केसी, विजय श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र दिनेश बोगटीलाई जुवा ऐनअनुसार उनीहरुलाई मुद्दा चलाइएको थियो ।

जसमध्ये बोगटीलाई अदालतले सफाई दिएको छ भने अरुलाई दुई/दुई सय रुपैयाँ जरिवाना भराइएको हो । फुटवलर केसी यसअघि म्याच फिक्सिङकाे अाराेपमा पक्राउ परेका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार २१:४८