सनराइज बैंकद्धारा बीमा रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सनराइज बैंकद्धारा बीमा रकम भुक्तानी



काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ब्यबस्था गरेको छ ।

यसै क्रममा बैंकको भैसीपाटी शाखाका ग्राहक श्री राजेन्द्र महर्जनको उपचार खर्च रु. ८०,२५६।– बराबरको रकम बैंकका नायब महाप्रबन्धक रविन नेपालले प्रदान गरेका हुन् ।

बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार २१:३०