प्रभु इन्स्योरेन्सको हकप्रद कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु इन्स्योरेन्सको हकप्रद कहिले ?



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आषाढ ८ गतेदेखी हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ बराबर ०.४६ कित्ता अर्थात ४६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावण १० गते हुनेछ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयरको आवेदन प्रभु क्यापिटलको शाखा दरबारमार्ग र प्रभु बैंकको सम्पु्र्णमा शाखामा दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद शेयर पछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १२:१२