सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीले गरे अात्मसमर्पण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्रीले गरे अात्मसमर्पण



विराटनगर /  सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो ।

सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।

प्रकाशित : १७ जेष्ठ २०७५, बिहीबार १३:००