सत्तारुढ दलका कार्यकर्तालाई भरणपोषण गर्ने बजेटः रिजाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सत्तारुढ दलका कार्यकर्तालाई भरणपोषण गर्ने बजेटः रिजाल



काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद रिजालले आर्थिक वर्ष २०७५/७६ को बजेट प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त बताएका छन् । निजी क्षेत्रलाई हतोत्साही गर्ने र कार्यकर्तालाई भरणपोषण गर्ने बजेट आएको कांग्रेस सांसद मिनेन्द्र रिजालले बताए ।

बजेटमाथिको छलफलमा भाग लिँदै जनतालाई निराश बनाएको र सत्तारुढ दलका कार्यकर्तालाई भरणपोषण गर्ने बजेट आएको बताएका हुन् ।

कम्युनिस्ट घोषणापत्र पूरा नगरेपनि हुन्छ भन्ने मानसिकता देखिएको बताउँदै उनले भने, ‘चर्को राष्ट्रवादको नारा छाडेजस्तै चुनावी आकर्षक नारा पनि छाडिएको छ ।’ पानीजहाज चढेर हिन्द महासागर जाने योजना सम्भाव्यता अध्ययनमै सीमित रहेको भन्दै कांग्रेस सांसद रिजालले अर्थमन्त्रीले सानो स्वरमै भएपनि हठ र अहंकारले आर्थिक समृद्धिको यात्रा सम्भव छैन भनेर स्वीकार गरेको बताए । मदन भण्डारी राजमार्गको कुरा गरेको तर, अघिल्लो वर्षभन्दा कम बजेट आएको भन्दै उनले भने, ‘नाम मात्र राख्न खोजेको भनेको भए हुन्थ्यो, किन झुक्याउनु ?’

प्रकाशित : १७ जेष्ठ २०७५, बिहीबार १२:००