ब्रोकर उत्साहित , लगानीकर्ता अलमल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ब्रोकर उत्साहित , लगानीकर्ता अलमल



काठमाडौँ। आगामी आर्थिक बर्षको बजेट मार्फत मूल्य अभिवृद्धिकर छुट हुने क्षेत्रभित्र समावेश पछि ब्रोकरहरु उत्साहित दे‍खिए । तर लगानीकर्ताहरु भने खासै उत्साहित देखिएनन ।

 

बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ९४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स, इन्स्योरेन्स र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन् ।

आज कारोबारमा आएको १६४ कम्पनीको ७ लाख ८९ हजार ३ सय ९९ कित्त सेयर बाट ४३ करोड ९० लाख ८३ हजार ७ सय २१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह ८ दशमलव ७६ अंकले ओरालो लागेको छ। आज बैँक समुह ७ दशमलव ५४ अंकले,विकास बैँक समुह ७ दशमलव २९ अंकले, जलविधुत समुह ६ दशमलव ७२ अंकले, होटल समुह ४ दशमलव ९६ अंकले, टे«डिड. समुह ४ दशमलव ७३ अंकले र अन्य समुह ० दशमलव ७९ अंकले ओरालो लागेको छ।

आज इन्स्योरेन्स समुह ११ दशमलव ५१ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह ४ दशमलव ३८ अंकले र फाइनान्स समुह १ दशमलव ३१ अंकले उकालो लागेको छ।

प्रकाशित : १६ जेष्ठ २०७५, बुधबार १५:२३