शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाखसम्मको ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाखसम्मको ऋण



काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्रको धितोमा ७ लाखसम्मको ऋण उपलब्ध गराइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका छन् । उक्त ऋणको अनुगमन गर्ने र बीमा समेत गरिने छ।

यसैगरी विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ। यसमा परियोजना धितो हुने छ। परियोजनाको बीमा हुने छ भने पर्याप्त धितो पनि लिइने छ।

प्रकाशित : १५ जेष्ठ २०७५, मंगलवार १६:३९