नागवेली लघुवित्त पायो १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागवेली लघुवित्त पायो १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति



काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार संस्थालाई ७ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

नागवेलीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : १० जेष्ठ २०७५, बिहीबार १९:२१