शुभम पावरको अाइपिअो निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शुभम पावरको अाइपिअो निष्कासन



काठमाडौं। शुभम पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका संखुवासभाका बासिन्दाका लागि साधारणका शेयर निष्कासन गरेको छ ।

यो कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म मात्रै आवेदन दिन पाउने गरी २ लाख कित्ता साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।

यो कम्पनीले यही जेठ २० देखि खुला गरेको शेयर निष्काशन छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म हुने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

यसको शेयर आवेदनका लागि शुभम प्रालि संखुवासभा, एनएमबी माइक्रोफाइनान्स वित्तीय संखुवासभाकै तुम्लिङटार र मामलिङ, प्राइम कमर्सियल बैंक खाँडबारी र तुम्लिङटार एवं खाँडबारीकै एभरेष्ट र सेन्चुरी कमर्सियल बैंकबाट शेयर आवेदन दिन सकिने उल्लेख छ । यसको बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो ।

प्रकाशित : १० जेष्ठ २०७५, बिहीबार ०८:३४