नेपाल बैंकको एफपीओको निष्कासनको मुल्य तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बैंकको एफपीओको निष्कासनको मुल्य तय



काठमाडौं । नेपाल बैंकको एफपीओको निष्कासनको मुल्य तय भएको छ । नेपाल बैंकको सञ्चालक समितिले ३१० रुपैयाँ मुल्य भने पनि विक्री प्रबन्धकहरुले उक्त मुल्यमा एफपओ जारि गर्न नसक्ने बताएपछि बैंक र विक्री प्रबन्धकको सहमतिमा २८० रुपैयाँ तय गरिएको स्रोतले बताएको छ ।

बैंकले १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेकाले पनि बजार घटिरहेको बेलामा एफपीओ विक्री गर्न नसक्नेभन्दै मुल्यमा मर्चेन्ट बैंकहरुले दवाव दिदै आएका थिए ।

बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नागरिक लागनी कोषले नेपाल बैंकको एफपीओ निष्कासन नलिने भएपछि नेपाल बैंकले अन्य मर्चेन्ट बैंकलाई प्रस्ताव गरेको थियो ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार १७:३६