अर्थमन्त्री डा. खतिवडाको सम्पत्ति कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अर्थमन्त्री डा. खतिवडाको सम्पत्ति कति छ ?



काठमाडाै । अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड ४९ लाख बरबरको जग्गा रहेको उल्लेख गरेका छन्। उक्त रकम बराबरको जग्गा खतिवडा, उनकी श्रीमती र संयुक्तको नाममा रहेको उनले जनाएका छन्।

उनले संयुक्त राष्ट्र संघको तलबदेखि निजी बचतबाट जग्गा खरिद गरेको विवरणमा उल्लेख गरेका छन्। विवरण अनुसार काठमाडौं महानगरपालिका ४ मा आफै घर बनाएको उल्लेख छ। त्यस्तै, श्रीमती कमला खतिवडाको नाममा सोही स्थानमा १४ आना जग्गा रहेको छ। त्यस्तै उनले २४ लाख रुपैयाँ ऋण दिएको उल्लेख गरेका छन्। सार्वजनिक गरेको विवरणमा २०७१ सालदेखि २०७४ सालसम्म दिएको ऋण मात्र उल्लेख गरिएको छ तर, फिर्ता लिएको उल्लेख छैन। उनले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई ऋण दिएको उल्लेख गरेका छन्।

त्यस्तै डा खतिवडासँग १० तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुनको आम्दानी पारिवारिक आम्दानीबाट जोडेको उल्लेख गरेको जनाएका छन्। साथै १ किलो गहना र डेढ लाख नगद रहेको उल्लेख गरेका छन्। उनीसँग सवारीसाधनको नाममा ९ लाख ६० हजारको मोटरकार रहेको छ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार १३:५५