ग्रीन डेभलपमेन्ट बैंकको ६ लाख १५ हजार कित्ता शेयर लिलामीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रीन डेभलपमेन्ट बैंकको ६ लाख १५ हजार कित्ता शेयर लिलामीमा



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ६ लाख १५ हजार २१३ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यो बैंकले गत माघ २ गतेबाट फागुन २३ सम्म खुला गरेको हकप्रद शेयरको बिक्रीमा आवेदन नपरेको यो शेयर लिलामीमा बेच्न लागेको हो ।

बैंकले संस्थापक शेयर ३ लाख ७५ हजार ५०० र सर्वसाधारणतर्फको ३ लाख १३ हजार ७१३ कित्ता शेयरको गोप्य शिलबन्दीबाट बिक्री गर्न लागेको हो । यो बैंकले न्युनतम १ सय रुपैयाँ कबोल गर्ने गरी भोलीबाट जेठ १७ सम्म आवेदन दिन पाइने गरी सूचना जारी गरेको छ ।

यो बैंकको शेयर खरिद गर्न सर्वसाधारण समूहतर्फको लागि लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, लक्ष्मी बैंकको वीरगन्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी कार्यलयबाट र ग्रीन डेभलपमेन्ट बैंकबाट आवेदन दिन सकिन्छ ।

संस्थापक शेयरको लागि भने लक्ष्मी क्यापिटल मार्केट नयाँबानेश्व र ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय वाग्लुङबाट मात्रै आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो । यो बैंकको हाल बजारमा प्रतिशेयर १५३ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार ०८:२८