सनराइज बैंकद्वारा मन्दिरलाई सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकद्वारा मन्दिरलाई सहयोग



काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत बनेपा, नाला स्थित करुणामय् मन्दिरलाई सीसीटीभी क्यामेरा र यूपीएस सहयोग गरेको छ ।

 

उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ लगाएत नाला समाजका प्रतिनिधीहरु साथै बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बैंकको भक्तपुर शाखाको अगुवाईमा करुणामय् मन्दिर सरसफाई कार्यक्रम पनि सम्पन्न गरियो ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १८:११