धादिङको ज्वालामुखीमा मेगा बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धादिङको ज्वालामुखीमा मेगा बैंक



काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकको शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्यलाई निरन्तरता दिने क्रममा मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको हो ।

राजधानीबाट नजिकै भएर पनि ज्वालामुखी गाउँपालिकामा अहिलेसम्म कुनै पनि क वर्गको बाणिज्य बैंक पुगेको थिएन । स्थानीय आवश्यकतालाई महसुस गर्दै मेगा बैंकले शाखा विस्तार गरेपछि स्थानीय बासिन्दाहरु उत्साहित भएका छन् ।

योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यसअघिदेखि नै धादिङबेसी र मलेखुमा शाखा विस्तार गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । मेगा बैंकले एक हप्ताको अबधिमा नौ वटा शाखा विस्तार गरेको छ । मेगा बैंकका देशभर ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १७:०५