काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ०दशमलव ४६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५९ कम्पनीको १९ लाख ८५ हजार ७ सय ७६ कित्त सेयर बाट ३४ करोड ८२ लाख ९८ हजार ३ सय २३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह १९ दशमलव ५५ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह ११ दशमलव ६४ अंकले, बैँक समुह १ दशमलव ७८ अंकले, अन्य समुह ० दशमलव ३२ अंकले र फाइनान्स समुह ० दशमलव ०२ अंकले ओरालो लागेको छ ।
आज इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । आज इन्स्योरेन्स समुह १९ दशमलव ७६ अंकले उकालो लागेको छ । आज लघुवित्त समुह ७ दशमलव ९ अंकले,विकास बैँक १ दशमलव ०३ अंकले, जलविधुत समुह ० दशमलव ८४ अंकले उकालो लागेको छ।
६ जेष्ठ २०७५, आईतवार १५:१५
Comment