जथाभावी विषादी बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जथाभावी विषादी बिक्री



रुकुम । रुकुम पश्चिमका एग्रोभेट व्यवसायीले बजारमा जथाभावी रुपमा विषादी बिक्री हुने गरेकोले त्यसको अनुगमन र समस्या समाधानको माग गरेका छन् ।

नियमित बजार अनुगमनको अभावमा विभिन्न थोक तथा किराना पसल, खाद्यान्न पसल र औषधि पसलबाट विषादी बिक्री हुने गरेको व्यवसायीले बताएका छन् ।

आज रुकुम उद्योग वाणिज्य संघमा भएको एग्रोभेट तथा बीउ व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा एग्रोभेट व्यवसायीले यस्तो गुनासो गरेका हुन् । किसानका लागि उन्नत बीउ बीजन कार्यक्रम र कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयले एग्रोभेट तथा बीउ व्यवसायीबीच भएको अन्तक्र्रिया कार्यक्रममा गुणस्तरिय बीउ उत्पादन र मूल्यको एकरुपताबारे छलफल भएको थियो ।

कृषकमा इमान्दारिता र बीउमा शुद्धता भएमा एग्रोभेट व्यवसायीले यहाँका किसानले उत्पादन गरेको बीउ सजिलै खरिद गर्न सकिने साइकुमारी एग्रोभेट सेन्टर मुसिकोटका नवराज केसीले बताए ।

उत्पादन गरेको बीउको मूल्यमा एकरुपता ल्याउन जरुरी रहेको ज्ञवाली एग्रोभेट सेन्टरका कमल ज्ञवालीले बताए । कार्यक्रममा व्यवसायीले जिल्लास्तरमा एग्रोभेट तथा बीउ व्यवसायीको संगठन जरुरी रहेको बताएका थिए ।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार १४:५३