नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन



महेन्द्रनगर। नेपाली काँग्रेस धनुषा जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन भएको छ ।

तीन दशकपछि १३ औँ जिल्ला अधिवेशनबाट मंगलबार महेश शंकर गिरीको सभापतित्वमा सर्वसम्मतिले जिल्ला कार्यसमिति चयन भएको हो ।

दिनभरिको व्यापक छलफलपछि पूर्वजिल्ला सचिवसमेत रहनुभएका गिरीको सभापतित्वमा गठित जिल्ला कार्यसमितिको उपसभापतिमा सन्तोष यादव, सचिवमा विशेश्वर यादव, र कोषाध्यक्षमा राजलाल महतोलाई चयन गरिएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रबहादुर रावलले जानकारी दिए।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार १४:२८