तपाई विद्यार्थी हो भने यो ख्याल राख्नुस पढाइ संगै बिजनेश गर्ने समय कति छ ? नयाँ र क्रियटिभ बिजनेश सुरु गर्द तपाईको अध्ययनमा असर गर्नु भने भएन । पढाइबाट बचेको थोरै समय निकालेर नयाँ सोचका साथ तपाईले अाफ्नो बिजनेश सुरु गर्न सक्नु हुन्छ । यसले तपाईलाई पकेट मनी समेत हुन्छ भने अन्य जुनसुकै क्षेत्रमा लाग्दा पनि तपाइका लागि तपाईले गरेको सुरुवात नयाँ ठाउमा काम लाग्न सक्छ ।
ट्युसन
यो यस्तो काम हो यसको बारेमा तपाइलाई त्यति भनि राख्नै पर्दैन । तपाई साइन्स क्षेत्रको विद्यार्थी हो भने तपाईले फिजिक्स, केमेस्ट्री, म्याथ र बायोलोजी जस्ता ट्यूसन क्लास लिन सक्नु हुन्छ । त्यस्तै नेपालमा अहिले अंग्रेजीको पनि उतिकै संभावना भएको हुँदा यसको पनि क्लास लिन सक्नु हुन्छ । यसमा खास गरि कलेज पढ्ने विद्यार्थीले १० कक्षा सम्मका विद्यार्थीलाई ट्यूसन लिन सक्नु हुन्छ । यसबाट तपाईलाई राम्रो पैसा पनि हुन्छ र सम्बन्धीत बिषयमा पकड समेत तपाईले जमाउन सक्नु हुने छ ।
अाइटी सपोर्ट
अहिले जमाना टेकनोलोजीको हो । तपाई यो क्षेत्रमा रुची राख्नु हुन्छ भने यसमा पार्टटाइम र फुलटाइम दुबै हिसाबले काम गर्न सक्नु हुन्छ । अाइटी उद्योग दुनियामा सबै भन्दा बढी गतिमा चल्ने उद्योग हो । यो संगै यसमा जागिरको अवसर पनि धेरै नै हुन्छ । यसका लागि सानो अाइटी सम्बन्धी काम गर्ने कम्पनीसंग जोडिएर काम गर्न सक्नु हुने छ ।
सोशसल मिडिया असिस्टेन्ट
अाजकल सोशल मिडियाको फिल्डमा कही न काही जागिर अाउन थालेको छ । यसमा तपाइले कम्पनीको सोशल मिडिया असिस्टेन्टको कामलाई हेर्ने र त्यसको सहि म्यानेज गर्नु पर्ने हुन्छ ।
क्रियटिभ अार्ट
तपाईकेही नयाँ तरिकाले इन्टरनेटमा विभिन्नक्रियटिभ अार्ट बनाएर रमाउन तपाई इच्छुक हुनुहुन्छ भने इन्टरनेटको माध्यमबाट नै हो । इन्टरनेटमा विभिन्न किसिमका अाइडियाहरु हुन्छन । यसको सदुपयोग गर्दै त्यसबाट सिकेर तपाइले अाफ्नै नयाँ बिजनेश अाइडिया बनाउन सक्नु हुन्छ । तपाईले बनाएको अाइडियालाई बुटिकमा बेच्न सक्नु हुन्छ । र यसबाट बजारमा तपाईले नाम र दाम दुबै पाउनु हुन्छ ।
युटयूबबाट कमाई
तपाई युटयूबको माध्यमबाट कमाउन चहानुहुन्छ भने सबै भन्दा पहिला तपाई संग युटयूब च्यानल अाफ्नै हुन जरुरी छ । युटयूब बनाउदा तपाईले त्यसमा एउटा थिम चुन्नु पर्छ त्यही थिम अनुसार एउटा प्रोग्राम बनाएर युटयूबमा भिडियो अपलोड गर्नु पर्छ । तर यसमा तपाइलाई पैस त्यो बेला मिल्छ । जब तपाईको युटयूबमा कम्तिमा पनि एकहजार सब्सक्राइबर्स र कमसेकम चार हजार घन्टाको भ्यू हुन्छ । यसका लागि तपाईले यस्तो कन्टेन तयार गर्न जरुरी छ कि सब्सक्राइबर्स र भ्यूज चाडो होस । एजेन्सीको सहयोगमा
Comment