काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १० दशमलव २८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक,होटल र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको १० लाख ७ हजार ७ सय ६४ कित्त सेयर बाट ४२ करोड ५१ लाख ९४ हजार २ सय ९९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ६९ दशमलव ९६ अंकले ओरालो लागेको छ । आज विकास बैँक समुह २६ दशमलव ९१ अंकले,लघुवित्त समुह २२ दशमलव ५९ अंकले, जलविधुत समुह १५ दशमलव ५ अंकले, बैँक समुह १० दशमलव ०४ अंकले, फाइनान्स समुह ७ दशमलव ४८ अंकले र टे«डिड. समुह २ दशमलव ६२ अंकले ओरालो लागेको छ ।
आज होटल,उतपादनमुलक र अन्य समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कामाएको छ । आज उतपादनमुलक समुह २५ दशमलव ६१ अंकले उकालो लागेको छ । आज होटल समुुह ८ दशमलव ६६ अंकले र अन्य समुह ३ दशमलव ६३ अंकले उकालो लागेको छ ।
Comment