सहकारी हकहित समाजमा पुनः खतिवडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी हकहित समाजमा पुनः खतिवडा



काठमाडौं । मुलुकमा सहकारी अभियानको गुणात्मक विकास र प्रवद्र्धनका लागि राज्य र सहकारी अभियानकाबीच समन्वयकारी भूमिका निर्वाह गर्ने मूल उद्देश्यका साथ स्थापित सामाजिक संस्था सहकारी हकहित राष्ट्रिय समाजले दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारी क्षेत्रले झेल्दै आएका नीतिगत, कानूनी र व्यवहारिक कठीनाईहरुको सरलीकरण गर्नुका साथै सम्भावित विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै अभियानलाई मर्यादित र व्यवस्थित बनाउन क्रियाशील समाजले बैशाख २९ गते साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाको दोश्रो वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ । सर्वसम्मतिबाट गठित संचालक समितिको उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा ऋिषिराम ढकाल र कोषाध्यक्षमा सुशिल चौधरी रहेका छन् । त्यसैगरी समितिका सदस्हरुमा मोहन कुमार मैनाली, केदार बाँस्कोटा र मान बहादुर के.सी.(मानव) रहेका छन् ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार १२:४२