डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी



काठमाडौँ। पित्त थैलीको क्यान्सरबाट पीडित हुनुभएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिनुभएको छ ।

डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिनुभएको हो ।

राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसअघि डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलगायतले जानकारी लिनुभएको थियो ।

बेलायतको एक अस्पतालमा उपचारका लागि पुग्नुभएका डा देवकोटा केही दिन अघि मात्रै स्वदेश फर्कनुभएको हो ।

प्रकाशित : २१ बैशाख २०७५, शुक्रबार १५:०९