सीमा विवाद समाधान गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सीमा विवाद समाधान गर्न माग



काठमाडौँ ।माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो ।

सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल सकारसँग माग गर्नुभएको छ ।

तत्कालीन माओवादीका पूर्व जनमुक्ति सेना सम्मिलित उक्त पार्टी हालै गठन गरिएको हो ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार १५:०४