काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णय सर्वसम्मत रुपमै भएको बताएका छन । आफ्नो असहमति रहेको भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी ‘आवेशको अभिव्यक्ति’ मात्र भएको उनले बताए ।
आइतबार कांग्रेस बैठकले वाम गठबन्धनका कारण चुनाव हारेको र जिम्मेवारी केन्द्रीय समितिले दिने प्रस्ताव पास गरेको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सर्वसम्मत रुपमा प्रस्ताव पास भएको बताए ।
तर, लगतै पौडेलले प्रस्तावमा आफ्नो असहमति रहेको बताए । चुनावी हारको नैतिक जिम्मेवारी पार्टी सभापति देउवाले लिनु पर्ने उनको अडान थियो ।
सोमबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, रामचन्द्र दाइले आवेशमा आएर बोल्नु भएको हो । सर्वसम्मतिले नै निर्णय भएको हो ।’
Comment