यी हुन १० प्रकृतिक ‘ एन्टिबायोटिक औषधी ’ जस्ले रोगसंग लड्ने शक्ति वृद्धि गर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन १० प्रकृतिक ‘ एन्टिबायोटिक औषधी ’ जस्ले रोगसंग लड्ने शक्ति वृद्धि गर्छ



हामी बिरामी हुँदा बजारमा पाइने ‘ एन्टिबायोटिक ’ खान्छौ, जुन लामो समयसम्म खाइयो भने, त्यसको उल्टो असर हाम्रो स्वास्थ्यमा पर्न थाल्छ । तर, यी १० यस्ता प्राकृतिक खानेकुरा जसमा एन्टिबायोटिक गुण हुन्छ । यी खानाले शरीरमा रोगसँग लड्ने शक्ति वृद्धि हुन्छ । यिनीहरुको कुनै साइडइफेक्ट हुँदैन ।

१. लसुन – लसुनमा ‘एलिसिन’ नामक तत्व पाइन्छ । जसले मुटुमा हुने समस्याबाट बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाने गर्नुहोस् ।

२. मह – महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पुउने गर्नुपर्छ ।

३. दालचिनी – यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरीरको ‘टोक्सिन्स’लाई भगाउँन मद्दत गर्छ । तरकारी वा सब्जीमा धोरै हाल्ने वा चियामा हालेर पिउने गर्नहोस् ।

४. बेसार – बेसारमा पाइने ‘करक्यूमिन’ले ‘इम्यूनिटी’ बढाउँन सहयोग पुर्याउँछ । सब्जीमा बाहेक दुध वा पानीमा हालेर पिउनुहोस् ।

५. सुन्तला – सुन्तलामा पाइने भिटामिन सीले रोगप्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

६. तुलसी – यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धि समस्याबाट बचाउँछ । तुलसीलाई चियामा हालेर पिउन सकिन्छ ।

७. अदुवा – अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँछ । अदुवालाई सब्जि वा चियामा हालेर पिउनुपर्छ ।

८. हरियो धनियाँ – यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बनाउँन मद्दत गर्छ । धनियाँको जुस बनाएर पिउनुहोस् ।

९. रातो खुर्सानी – यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ ।

१०. प्याज – प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउँन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर खानु राम्रो मानिन्छ ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार १३:०१