पशु प्राविधिकको राष्ट्रिय भेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पशु प्राविधिकको राष्ट्रिय भेला



चितवन।  नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला एवं विधान अधिवेशन शनिबारदेखि दुई दिनसम्म चितवनमा हुने भएको छ ।

देशभरका करिब ४०० जनाभन्दा बढी पशु स्वास्थ्य प्राविधिकको उक्त भेलामा सहभागिता रहने छ । उनीहरुले संघीय विधान बनाउने छन् ।

संघका केन्द्रीय अध्यक्ष जनक रावलका अनुसार देश संघीय संरचनामा गएपछि सोहीअनुसार विधान संशोधन गर्न भेला आयोजना गरिएको हो । भेलाको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

संघले पशु सेवामा संलग्न विशेष, प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको पेशागत हकहित, नेपाली पशुपालक कृषकको सेवा र पशुपालन व्यवसायको व्यावसायिकीकरणका लागि सक्रिय भएर काम गर्दै आएको छ । संघको ७७ जिल्लामा समिति रहेको उपाध्यक्ष पुष्कर नेपालले जानकारी दिए ।

प्रकाशित : ७ बैशाख २०७५, शुक्रबार १४:१२