अनलाइन भुक्तानीको सीमा तोक्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अनलाइन भुक्तानीको सीमा तोक्ने तयारी



काठमाडाै । नेपाल राष्ट्रबैंकले अनलाइन भुक्तानीको सीमा तोक्ने तयारी गरेको छ । महालक्ष्मी विकास बैंकले तयार गरेको एमबिबिएल स्मार्ट बैकिंग सोलुसनको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

अनलाइन भुक्तानी तथा डिजिटल कारोबारको नाममा हुनसक्ने गलत क्रियाकलाप नियन्त्रणका लागि तथा यो प्रणालीको दुरुपयोग रोक्नका लागि निरीक्षण र सुपरीवेक्षणको कार्यलाई समेत तीव्र पारिएको जानकारी दिए । त्यसका लागि राष्ट्रबैंकले पेमेन्ट एण्ड सेटलमेन्ट नामको छुट्टै विभाग गठन गरिसकेको र आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढाउने शिवाकोटीले जानकारी दिए ।

प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार १४:०७