शेयर लगानीमा स्रोत नखुलेको लगानीमा कडाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर लगानीमा स्रोत नखुलेको लगानीमा कडाई



काठमाडाै । शेयर लगानीमा स्रोत नखुलेको लगानी भै रहेको चर्चा चलेको बेला नियामक निकायले थप कडाई गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ बोर्ड बैठकद्वारा पारित गरेकाले शेयर लगानीमा अदृश्य लगानी कडाई तयारी गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सवैलाई जिम्मेवार बनाई सम्पत्ती शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहिततथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ बनाई लागु गरेको थियो ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १९:२१