नक्कली डाक्टरका नाममा पैसा उठाउने तीन जना प्रहरीको फन्दामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नक्कली डाक्टरका नाममा पैसा उठाउने तीन जना प्रहरीको फन्दामा



सुनसरी । सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनको नाममा पैसा उठाउने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

जिल्लाको देवानगञ्ज गाउँपालिका–६ मा ‘हामी डाक्टर हौँ’ भनी स्थानीयलाई भेला गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठाउने तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।

पक्राउ पर्नेमा तेह्रथुम म्याग्लुङ् नगरपालिका–१०, केउरिनी बस्ने सुदन सुवेदी, जुनिल सुवेदी र सप्तरी कञ्चनरुप नगरपालिका–५ मगरटोल बस्ने प्रख्यात मिश्र छन् ।

उनीहरुलाई स्थानीयले दिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार ११:३३