तपाईलाई विवाह पछि काम लाग्न सक्छ यी ५ फाइनान्सियल टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

तपाईलाई विवाह पछि काम लाग्न सक्छ यी ५ फाइनान्सियल टिप्स



तपाईको विवाह भै सक्यो वा अब हुने वला छ । भविष्यको लागि तपाईले फाइनान्सियल प्लानिङ अहिले नै सुरुवातगर्नु अावश्यक छ । नेपालीहरुको लागि नयाँ बर्ष र बैशाख महिना विवाहको महिना पनि हो । विवाह पछि तपाइको जिम्मेवारी बढ्छ । फाइनान्सियल कस्ट पनि सोही हिसाबले बढिनै हुन अाउछ । त्यो बेला तपाई अार्थिक हिसाबले बजबुद नहुदा समस्या अाउन सक्छ । यहाँ केही टिप्सहरु छन् ति टिप्सहरु तपाईको भविष्य सुन्दर बनाउन सहयोगी हुन सक्छ ।

अत्यावश्यकका लागि पैसा जोगाउनुस्

विवाहको प‍छी पहिलो अवश्यकता हुन्छ इमर्जेंसी फंड बनाउनु । यसका लागि तपाईले केही रकम बचत र केही तत्कालै फिर्ता अाउने श्रेत्रमा लगानी गर्न अावश्य छ ।

बजेट बनाउनुस्

कुनै पनि सामान किन्न पहिला बजेटको जरुरी पर्छ । बजेट बनाउदा तपाईसंग खर्चको एउटा हिसाब अाउछ । तपाईले ठूलै सामान खरिद गर्न चहानुहुन्छ भने कमसे कम २ महिना पहिलेबाट नै बजेट बनाउन सुरु गर्नुस् । साथै यो पनि हेर्नुस् कि त्यो सामान खरिद गरे पछि महिनाको अन्तमा कति पैसा बचत हुन्छ ।

अाफ्नो बै‌ंक खातामा ध्यान दिनुस्

तपाई संग एक भन्दा बढी बैंक खाताहरु छन भने यो बुझ्नुस कि तपाईले अत्याधिक खर्च गर्नु हुन्छ । एक भन्दा बढी खाता भए त्यसलाई बन्द गरि हाल्नुस् । त्यसैले एक खातामा सधै बचत गर्ने बानी बसाल्नुस अनावश्यक वस्तु खरिद गर्नलाई अाफैसंग अाफै जोगिनुस । खर्च गर्दा योजना र अावश्यकता भन्दा बढी नर्दा नै राम्रो ।

ऋण चुक्ता गरि हाल्नुस्

विवाह भन्दा अगाडी कुनै ऋण लिनु भएको छ भने त्यसलाई सके सम्म चुक्ता गर्ने तर्फ ध्यान दिनुस । ऋणको राशीलाई घटाउदै म्यूचुअल फन्ड र शेयर मा थोरै लगानी समेत गर्न थालि हाल्नुस् ।

बीमा गर्नुस्

कुनै पनि संभावित दुर्घटनाकव जोखिम कम गर्ने माध्यम भनेको बीमा हो । विभिन्न कम्पनिले विभिन्न किसिमका प्रिमियमहरु ल्याएका हुन्छन । ति योजनाहरु समस्या अाएको बेला सबै भन्दा बढी सहयोगी बन्छन ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार १२:१३