कामु प्रधानन्यायाधीशमा दीपकराज जोशी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामु प्रधानन्यायाधीशमा दीपकराज जोशी



काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गरे ।

कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गरेका छन् ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार ११:१७