काठमाडौं । आरम्भ माइक्रोफाइनान्सको सर्वसाधारणका लागि माग गरेको आइपीओमा आइतबारसम्ममा २४ गुणा बढीले आवेदन दिएका परेको छ ।
फागुन १५ देखि विक्री खुला गरेको आरम्भ माइक्रोफाइनान्सको आइपीओमा आइतबारसम्म २४ गुणा बढी आवेदन परेको विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ । आरम्भको आइपीओ फागुन २१ र ढिलोमा फागुन २९ गतेसम्म बिक्रि गर्ने जनाएको थियो ।

एनआइसी क्यापिटलका अनुसार १ लाख १४ हजार जना आवेदकबाट ७२ करोड ३४ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्य ८ हजार ८ सय २० कित्ता कर्मचारीहरु र १४ हजार ७ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।
यस आइपीओमा न्यूनतम ५० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी—आस्वा सेवा लिएका बैंक तथा वित्तीय संस्थाबाट आरम्भको शेयरमा आवेदन दिन सकिने छ ।





Comment