नेप्से परिसुचकमा गिरावट,कारोबार भने उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से परिसुचकमा गिरावट,कारोबार भने उच्च



काठमाडौं । सोमबार नेप्से परिसूचक नेप्से परिसुचकमा गिरावट आए पनि कारोबार भने बढेको छ । आज नेप्से १५ दशमलव ७८ अंकले घटेर १ हजार ३ सय ५८ दशमलव ९५ को बिन्दुमा आइपुगेको छ । आज बजार खुले पछि लगानीकर्ताहरुलाई केही आशा देखाएको नेप्सेले केही समयपछि भने पछिल्लो समयकै लय पक्रिएर ओरालो झरेको हो ।

आज कारोबार रकम भने बढेको छ । आइतबार २९ करोडको कारोबार भएकोमा आज भने उक्त कारोबारमा सुधार देखिएको हो । ५५ करोड २४ लाख २० हजार २ सय ७० रुपैयाँ बराबरको कारोबार भएको हो ।

 

आज १५१ कम्पनीको करोबार भएको छ । ती कम्पनीको १४ लाख ३८ हजार ८ सय ८६ कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा सर्वाधिक कमाउनेमा वल्र्ड मर्चेन्ड एण्ड बैंकिङ फाइनान्स रहेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले ४ दशमलव २४ प्रतिशतले कमाएका थिए ।

आज कारोबारमा सर्वाधिक कमाउनेमा वल्र्ड मर्चेन्ड एण्ड बैंकिङ फाइनान्स रहेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले ४ दशमलव २४ प्रतिशतले कमाएका थिए । त्यस्तै, सूर्योदय लघुवित्त, अपी पावर कम्पनी, बेष्ट फाइनान्स कम्पनी तथा कर्णाली डिभलपमेन्ट बैंकका लगानीकर्ताहरुले पनि थोरै भए पनि कमाएका थिए ।

आज सर्वाधिक गुमाउने कम्पनीमा राष्ट्रिय वीमा कम्पनीका संस्थापक लगानीकर्ता रहेका छन् । उक्त कम्पनीका लगानीकर्ताहरुले ८ दशमलव ६३ प्रतिशतले गुमाएका थिए । त्यस्तै, स्वरोजगार लघुवित्तका लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत, राष्ट्रिय वीमा कम्पनीका लगानीकर्ताहरुले ५ दशमलव ५९ प्रतिशले गुमाएका छन् ।

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार १५:२७