काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । गत पुससम्म टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो ।
चालु आवको दोस्रो त्रैमाशमा टेलिकमले २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा २२ अर्ब ४७ करोड रुपैयाँ थियो ।
नाफा घटेपछि टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) ९९ रुपैयाँ ७७ पैसामा झरेको छ ।
Comment