एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस शेयर पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस शेयर पारित



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभाले बैंकको आर्थिक वर्ष २०७३/०७४को वार्षीक प्रतिवेदन पारिद गरेको छ ।

साथै, साधारणसभाले बैंकको संचालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस शेयर र १.७४ प्रतिशत नगद लाभांस (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताव पनि अनुमोदन गरेको छ । अब बितरण हुने बोनस शेयरपछि केन्द्रिय बैंकले तोकेअनुसार बैंकको चुक्तापुँजी ८ अर्बभन्दा बढि हुने भएको छ ।

बैंकले साधारणसभाको अवसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो ।

????????????????????????????????????

साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ ।

बैंकले साधारणसभाको अवसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ ।

बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट दिदै आएको छ । बैंकले निकट भबिष्यमा नै ११ नयाँ शाखा थप गर्दै आफ्नो सेवा बिस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित : १ माघ २०७४, सोमबार १५:२०